सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले बढेर ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार सात सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोला २५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।