बादलको दाबी संसद विघटन सही थियो

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् ।

ताजा जनादेशमा जाने भन्ने कुरासहितकाे संसद विघटन भएकाेले साे कुरा सही थियाे भन्ने पार्टीकाे आधिकारिक मत भएको बताएका हुन्। यद्यपि, उनले स‌ंसद विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको बताए ।

भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो, आधिकारिक मत हाे।’