आइएमई पेको दशैँ अफरः हवाई टिकट खरिदमा ५०% क्यास ब्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

क्यास ब्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन बिक्रीको समयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।