विधान महाधिवेशनमा एमालेको भोज, तस्बिर सहित

काठमाडाैं । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ।

ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’ मा दिउँसो १ बजेपछि सुरु भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर गरेका हुन्।

एमाले महाधसवेशनमा बिचारकोभन्दा पनि अध्यक्ष केपी शर्मा ओलीको पुत्लाहरूको बिगबिगी देखियो ।

यसका अतिरिक्त कार्यकर्ता खुवाउन बनाएको भोजले पनि राम्रै चर्चा पाइरहेको छ ।

हुन त हरेक पार्टीले यस्तै भोज भतेर गरिररहेकै हुन्छन् । कसैैले अलिक लुकेर गर्छन् भने कसैले खुलमखुला त्यतिमात्र हो ।

एमालेकाे महाधिवेशनकाे चर्चा एकातिर छ भने अर्कोतिर स्पन्सर भोजले पनि सामाजिक सञ्जाल तताएको छ । कम्युनिष्ट पार्टीको अनेक परिकारसहितको भोजले पार्टीको सिद्धान्तमाथि नै प्रश्न चिन्ह उब्जाएको छ । हुन त नेपालमा पार्टीहरूले नाम मात्र कम्युनिष्ट राखेका छन् । तर, पार्टी चलाउने नेताहरू भने कमाउनिष्ट सिद्धान्त अंगिकार गर्दै अगाडि बढेको स्पष्ट देख्न सकिन्छ ।

यी तस्बिरमा देखिएका दृश्यले साम्यवादी भनिने कम्युनिष्टहरूको नै धज्जी उडाएको छ । यसको मतलब भोज नै गर्न हुन्न भन्ने पनि होइन । यद्यपि भोजको किसिम र परिकारले आम नेपालीको पीडामाथि राजनीतिले मस्त मारेको भान भएको छ ।

आफूलाई कम्युनिष्ट भन्नेहरुले पछिल्ला समय गर्ने गरेका भद्दा भोज भतेर होस् वा विलासिता प्रतिको मोहले नेपाल वास्तविक कम्युनिष्टहरु छैनन् भन्ने पुष्टि गर्दछ । तस्वीर साभार : नेपाल प्रेस