के खाएर बोल्छन् शोभित ? महानायक विवादमा तीनपटक फरक अभिव्यक्ति

काठमाडौं । बेलाबेला कलाकार शोभित बस्नेत दिउँसै जाँड धोकेर बोल्छन् कि जस्तो नेपाली चलचित्रकर्मीहरूबीच चर्चा चल्न थालेको छ ।

एकपटक होइन तीनपटकसम्म बस्नेत महानायकको विषयमा बोलिसकेका छन् । बस्नेतले दीपाश्री काण्डमा महानायक राजेश हमाल नै भएको घोषणा गरे । त्यतिबेला महानायक उपाधिको चर्चा परिचर्चा राम्रै भएको थियो । त्यतिबेला बस्नेतले दिपारश्रीले गल्ती बोलिन् महानयक त राजेश हमाल नै हुन् भन्न भ्याए ।

एकसाताअघि यिनै बस्नेतले महानयक त भुवन दाइ हुन् । मेरो लागि भुवन दाइ नै महानयक हुन् भनी बोले । खैर, महानयक को हुन् यो विवादकै विषय होला । चलचित्र निर्देशकहरूकै अगुवा भनिएका बस्नेतले यस्ता अभिव्यक्ति दिनु उचित नहोला ।

ल ठिक छ दुई पटक यिनको गल्ती नै भयो मान्न सकिन्छ । तेस्रो पटक पुनः महानायक राजेश हमाल नै हुन् भन्दै यिनी रुन खोजेका छन् । एकै व्यक्तिले तीनपटक यस्तो अभिव्यक्ति दिनु हास्यास्पद र लज्जाजनक छ । नत्र यिनी के खाएर बोल्छन् त ?

तेस्रो पटकको नाैटंकी यस्तो छ राजेश हमाल नै महानायक हुन् भन्दै हमालको तस्बिरलाई नै प्रमख अतिथिसम्म:

आइतबार उनको नयाँ फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनले महानायक राजेश हमाल भएको भन्दै हमालको तस्बिरलाई नै प्रमुख अतिथि बनाए ।

केही साताअघि बस्नेतले काठमाडौंमा आयोजित एक कार्यक्रममा भुवन केसी ‘महानायक’ भएको घोषणा गरेका थिए। सँगै उनले गौरी मल्ललाई महानायिकाको उपाधी पनि दिएका थिए। तर, अहिले भने उनले आफूलाई गल्ती महसुस भएको र राजेश हमाल महानायक भएको प्रष्ट्याउन भ्याए ।

अझ हाँसो लाग्ने कुरा त बस्नेतले हमाल र उनका दर्शकसँग माफीले मात्र नपुगेर नभएर राजेश हमालको तस्बिरलाई नै प्रमुख अतिथि बनाएका थिए। यस्तोसम्मको हर्कत जो कोहीले गर्न सक्छ र ?

यसबारे प्रश्न गर्दा उनले भने, ‘मैले जहिले पनि महानायकभन्दा सुपरस्टार ठूलो भन्ने ठान्थें। त्यसैले सुपरस्टार भनेको हुँ। तर, म गलत रहेछु। सबैसँग आज माफी माग्दै हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्ने प्रतिज्ञा गर्छु।’

आइतबारको कार्यक्रममै उनले भुवन केसी चाहिँ सुपरस्टार भएको बताए। शोभितले ‘महानायक’ विवाद झिक्नुको कारण स्पष्ट छ– उनको आफ्नो फिल्मलाई चर्चामा ल्याउनु। तर, यसपटक भने उनले यो विवाद निकाल्दा बरु फिल्म छाँयामा परेको छ । यसले उनको व्यापक आलोचना पनि भएको छ । उनको फिल्म पनि नचल्ने निश्चित प्रायः छ ।