खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ठाउँ बन्दै प्रतिनिधिसभा

काठमाडौं । खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ठाउँ जस्तै बन्दै गईरहेको छ प्रनिनिधिसभा वैठक । जनताले आफ्नो अमूल्य मतदान दिएर पठाएका जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा रुमल्लिँदा प्रतिनिधिसभाको विश्वास क्रमश जनताले छाडेका छन् ।
प्रतिनिधि सभा खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ठाउँ जस्तै बन्न थालेको जनताहरुले सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्न थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेधका कायमै राख्दा प्रतिनिधि सभा सुचारु हुन सकेको छैन । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह पनि गरे । उनलेअदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको समेत स्मरण गराए ।

प्रतिपक्षी दलको अवरोधकै बीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट “राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७” पेश गरेका थिए । यद्यपी प्रतिनिधिसभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिन १ बजे बस्ने गरी स्थगित गरिएको छ ।