आर्यान खानको खुलासा, बाबुलाई भेट्न मैले अपोइन्टमेन्ट लिनपर्छ

एजेन्सी । लागू औषध प्रकरणमा पक्राउ परेका आर्यान खानले बुवा ‘शाहरुख खान’ लाई भेट्न अपोइन्टमेन्ट लिनुपर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

लागु औषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा भएको रेव पार्टीमा छापा मार्ने क्रममा पक्राउ गरिएको थियो। उक्त घटनामा भारत प्रहरीको नार्कोटिक्स कन्ट्रोल व्यूरो (एनसिबी)ले अन्य ७ जनालाई पनि पक्राउ गरेका छ। उनिहरु ७ अक्टोबरसम्म प्रहरी हिरासतमा रहनेछन्।

हिरासतमा रहेको आर्यानले सोधपुछका क्रममा बुवासँगको सम्बन्धका बारेमा दिएको अभिव्यक्ति सार्वजनिक भएको हो। जसमा उनले बुवा शाहरुख खानसँग भेट्न कम समय भएको बताएका छन्।

शाहरुख खान अहिले धेरैओटा प्रोजेक्टमा काम गरिरहेका छन्। ‘पठान’ चलचित्रको लागि उनले धेरै समय दिइराखेका छन्