सत्तामा भागबण्डा मिलेपछि भोली नै मन्त्रीमण्डल विस्तार गरिने

काठमाडौं । तीन महिनासम्म मन्त्रीमण्डल विस्तार गर्न नसकेको देउवा नेतृत्वको सरकारले सवैलाई मन्त्री पदको लागि भागबण्डा मिलाउन सफल भएको छ ।

सत्तामा कुर्सी मोह भएका राजनीतिक दलहरुले आफूले चाहेको जस्तो मन्त्रालय पाएपछि भोली मन्त्रीमण्डल विस्तार हुने भएको हो । मन्त्री मण्डल विस्तार भएसँगै भोली नै मन्त्रीहरुको शपथ ग्रहण समेत हुने भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई नेकपा समाजवादी, माओवादी र जसपाले सहयोग गरेको थियो ।

सहयोग भन्दा पनि सत्तामा जानका लागि गरिएको हत्कण्डा भन्दा फरक नपर्ला । सत्तामा पुग्ने र मन्त्री पद पाउने भएपछि भने सरकार विस्तार हुने भएको हो । जे होस् सत्ताको स्वाद लिन पल्केकाहरुले मन्त्रीपरिषद् विस्तार गर्न सफल हुने भएका छन्