प्रहरीमा अब कसैलाई पनि तँ भन्‍न नपाइने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि तँ नभन्‍न निर्देशन दिएका छन्।

गृहमन्त्रीको उक्त निर्देशनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैलाई पनि ‘तँ’ भन्‍न नपाइने भएको हो।

गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा शुक्रबार एक कार्यक्रममा तीनवटै संगठनका उच्च अधिकारीलाई उक्त निर्देशन दिएका हुन्।

संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीले यस्तो निर्देशन दिएको बताइएको छ।