अवैध साल र सिसौको काठसहित एक पक्राउ

बुटवल । रुपन्देहीको कञ्‍चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट अवैध सालको काठ र सिसौसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईबाट  विना कागजात सिसौको १५ गोलिया काठ सहित पिपलपतियाका २७ वर्षीय जितेन्द्र यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कागजपत्र बिना यादवले लु १त १२६१ नं.को ट्याक्टरमा अन्दाजी ४ लाख रुपैयाँ पर्ने सिसौका काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले बिहीबार काठ, व्यक्ति र ट्याक्टर नियन्त्रण्मा लिएको हो। थप कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रवक्ता थापाले बताए । त्यस्तै बिहीबार साँझ नै रुपन्देहीको कञ्‍चन गाउँपालिका १ कुत्तागाउँबाट मोटरसाइकलमा लोड गरेर ४ गोलिया सालको काठ मोटरसाइकलमा लोड गरेर राखेको अवस्थामा बरामद गरेको छ।  

लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरेको सालको काठ गोलिया थान १ र खाली जमिनमा रहेको ३ गोलिया गरी जम्मा ४ गोलिया अबैध सालको ३८.७२ क्युफिट काठ नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए। इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले बरामद गरेको उक्त काठको अन्दाजी मूल्य २ लाख ४५ हजार हो। काठ र मोटरसाईकल आवश्यक कारवाहीका लागि कञ्चन सव डिभिजन कार्यालय फायरलाईन रुपन्देही बुझाइएको प्रहरीले जनाएको छ।