भालुको आक्रमणबाट एक महिलाको मृत्यु

सिमकोट । जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका–५ जुम्ला लाम्रा गाउँकी एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको हो।

मृत्यु हुनेमा ५५ वर्षीया रुद्दा डाँगी रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार मृतक महिला सोही गाउँपालिका–५ स्थित गाढापारी सामुदायिक वनको चौकीदार थिइन्। वन हेर्न गएकी डाँगीलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो।