चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ।

कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले खरीद गरेको खोप बुधबार काठमाडौँ आइपुगेको हो।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरे अनुसार पहिलो लट खोप आज आएको हो।

टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको खोप आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ।

यस्तै यसअघि नेपालले चीनबाट ६० लाख डोज भेरोसेल खरिद गरेर ल्याइसकेको छ।