न्यायालयभित्रको विवाद लोकतन्त्रको निम्ति शोभनीय छैन : बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले न्यायालयभित्रको विवाद लोकतन्त्रको निम्ति शोभनीय नभएको बताएका छन् । 

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्‍चारकर्मीसँग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए । 

उनले न्यायालयभित्रको विवाद न्यायालयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गरे । 

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक बिषयमा हस्तक्षेप गर्नु खोज्‍नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठिक हुने सुझाव दिए । 

ताजा अपडेट