के फिर्ता गर्ने पहल गर्नेछन् शाहीले अतिक्रमित भूभाग

काठमाडौं ।कणाली क्षेत्र तर्फ चीनले नेपाली भूभाग अतिक्रमण गरेको समाचार सार्वजनिक भए लगतै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीनले अतिक्रमण गरेको भूभाग फिर्ता गराउन आफू सशक्त रुपमा प्रस्तुत हुने स्पष्ट पारेका छन् । तर शाहीले चीनले अतिक्रमण गरेको हो भन्ने पुष्टि नहुँदैमा अतिक्रमित क्षेत्र फिर्ता गराउँछु भन्ने अभिव्यक्तिल ाई चीन मामिलाका जानकारहरु सो अभिव्यक्त गलत भएको बताउँछन् ।

‘अतिक्रमित भू–भाग फिर्ता गराउन म सक्रिय हुनेछु,’ मुख्यमन्त्री शाहीले भने, ‘चीनसँगको सीमा समस्या समाधानका लागि दुवै देशको संयुक्त कार्यदल बनाएर जान सकिने समेत बताए ।’

शाहीले हुम्लामा अतिक्रमित भूभाग फिर्ता गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । चीनका तर्फबाट पनि समस्या सुनेर संयुक्त रुपमा सम्बोधनको पहल हुनुपर्नेमा जोड दिए ।

आफूले कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुभन्दा अगाडि नै सीमा समस्याबारे आवाज उठाएको बताए । अब पनि समस्या समाधानका लागि पहल गरिरहने स्पष्ट पारे ।