मूल्य बृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलित

काठमाडौं । सरकारले चर्को मूल्य बृद्धि गरेको भन्दै इन्धनको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ। ग्यास सिलिन्डर बोक्दै सत्तारुढ दलको भातृ संगठनसहितको विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनीमार्गमा थाल ठट्याउँदै उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। उनीहरुले आयल निगमका अधिकारीहरुलाई बर्खास्त गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए।

सरकारले केहीदिन अघिमात्रै पेट्रोल र डिजेलमा ३–३ रुपैयाँ बढाएको थियो। यस्तै, ग्यास सिलिन्डरमा पनि ७५ रुपैयाँ बढाएको थियो । नेपाल आयल निगम भित्र भएको भ्रष्टाचार रोक्न नसक्ने सरकारले जनताको ढाँड सेक्ने गरी बढाएको छ।