प्रेम सागर कर्माचार्यद्धारा १ सय ६८ औ पटक रक्तदान, डोटीमा रक्तदाता समाज गठन

डोटी । काठमाडौं बागबजार निवासी प्रेम सागर कर्माचार्यले डोटी रक्तदान गरेसँगै उनको रक्तदान १ सय ६८ औ पटक पुगेको छ । समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय बृहत भेलाले शाखा गठन गरेको हो । डोटी जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठनसँगै कर्माचार्यले १ सय ६८ औं पटक रक्तदान गरेका हुन् ।

कोरोना भाईरस कोभिड –१९ ले चौतर्फि आक्रान्त बनाउँदै रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न र स्वयंसेवी रक्तदाताहरूलाई थप अझबढि संगठित बनाई पीडितलाई कसरी रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भन्ने सोच अनुरुप जिल्ला जिल्लामा शाखा गठनलाई सक्रिय गरिएको केन्द्रीय अध्यक्ष कर्माचार्यले बताएका छन् ।

नवगठित स्वयंसेवी रक्तदाता जिल्ला अध्यक्षमा शुशिल घर्ती निर्विरोध चयन भएका छन् भने उपाध्यक्षमा प्रशिस महरा,सचिब बिजयराज श्रेष्ठ, कोषाध्यक्ष बिस्ना के।सी। र सदस्यहरूमा क्रमशः धर्मराज जोशी,नरेश मलासी, शेरबहादुर बोगटी,खेमराज गुरूङ,उत्तम खड्का,अभिषेक के।सी।,अमित अमात्य, रामचन्द्र भट्ट र प्रकाश के।सी। सर्वसम्मत चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम ७ नम्बर प्रदेश सभासद् माननीय भरत बहादुर खड्काले काठमाडौंबाट डोटी पुग्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई रक्तदान शिबिरको उद्घाटनार्थ रक्तदान गर्न रक्त संकलन थैली हस्तान्तरण गरेका थिए ।