रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीका कारण संविधान संसोधन हुन नसकेको बताएका छन्।
महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरि आफूले संविधान संसोधन प्रस्ताव प्रतिनिधिसभामा लगे पनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताएका छन्।
रौतहटको कटहरीयमा शनिबार आयोजित आमसभामा उनले केपी ओलीलाई मधेशी जनता विरोधी खलपात्रको रुपमा पनि व्याख्या गरे।
उनले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी, महिला बालबालिका, उत्पिडित समुदाय, आदिवासी जनजातिलगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संसोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको थिएँ। तर, संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्ष विरोध, मधेसी जनता विरोधी केपी ओलीले रोकेँ।’
सो अवसरमा उनले नेकपा माओवादी फेरि एक नम्बर पार्टी बन्ने पुरै सम्भावना रहेको बताए। उनले २०६४ सालमा जस्तै गरि यसपटक पनि माओवादी पार्टी एक नम्वर बन्ने उनको भनाइ छ।
उनले कार्यक्रममा हाल बन्द रहेको रौतहटस्थित श्रीराम सुगर मिल सञ्चालन गर्न, बकैया बागमती नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा पहल गर्ने बताए। यस्तै, उखु किसानको समस्या समाधान गर्न पहल गर्नुको साथै मधेसको निसाच समुदायको पहिचानका लागि विशेष संरक्षित समुदायमा राख्न कोशिश गर्ने पनि बताए।
कार्यक्रममा मुस्मिल समुदायको माग अनुसार मुस्लिम विश्वविद्यालय स्थापनाको लागि पहल गर्ने पनि उनले घोषणा गरे ।
Add Comment