नेपालमा सवैभन्दा भ्रष्ट कर्मचारी अधिकृतस्तरका

काठमाडौं । नेपालमा सरकारी कर्मचारीहरुमध्ये सवैभन्दा बढी भ्रष्ट अधिकृत स्तरका कर्मचारी रहेको देखिएको छ । संवैधानिक अंगले नै यसको पुष्टि गरेको हो । नेपालको संविधानले नै भ्रष्टाचारको बारेमा अध्ययन अनुसन्धान गरी मुद्धा दयार गर्ने समेतको अधिकार दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले एक वर्षको गरेको अध्ययन र कामको निचोड स्वरुप उक्त तथ्य बाहिर ल्याएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सातभन्दा बढी विषयमा भएको भ्रष्टाचारको बारेमा गरिएको अनुसन्धानका क्रममा ४ सय ४३ जना जना विरुद्ध मुद्धा दायर गरिएका मध्ये १ सय ६५ जना अधिकृत स्तरका कर्मचारी रहेका छन् ।

सहायक एवं सहयोगी कर्मचारी ९६ ज जना विरुद्ध मात्र मुद्धा दायर गरिएको छ भने विष्शिट श्रेणी तहको कर्मचारी मध्ये आर्थिक वर्ष २०७७÷७८ मा एक जना विरुद्ध मात्र भ्रष्टाचार विरुद्धको मुद्दा दायर हुनुलाई यसले पुष्टि गर्दछ ।