सबैभन्दा बढी आयकर तिर्ने बैंकको रूपमा नबिल बैंक छैटौँ पटक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।

विभागले मंसिर एक गते कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । पछिल्लो १० वर्षमा छैटौँ पटक बैंकहरूतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको नबिल बैकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पु-याएकोमा गर्व महसुस गरेको छ । विभिन्न बैंकिङ गतिविधिहरूको सुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवनयापन र उनीहरूको आर्थिक वृद्धिमा समेत व्यापक पहुँच पु-याइरहेको छ ।