एमाले महाधिवेशनका लागि ११ सदस्यको अध्यक्ष मण्डल

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । जसमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको रहेका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।