पाँच करोडको लागतमा निर्माण भएको पुल बन्न नपाउँदै भत्कियो


काठमाडौं । नेपालको विकास कुन गतिले अगाडि बढिरहेको छ भन्ने कुराको पुष्टि गरिदिएको छ भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी जोड्ने कावा खोलामाथि निर्माण भईरहेको पुलले ।

निर्माण कार्य गर्ने कम्पनीहरुसँग चर्को कमिशन र कर्मचारीहरुको मिलेमतोका कारण पुलहरु अत्यन्तै गुणस्तरहीन बनिरहेका छन् । जसले निर्माण कार्य पूरा हुन नपाउँदै भत्कने गरेका छन् । पाँच करोडको लागतमा निर्माण हुँदै गरेको कावा खोलामाथिको पुल पनि निर्माण हुन नपाउँदै भत्किएको छ ।

ल भत्किएपछि सरकार रमिते भएर बसिरहेको देखिन्छ । पुल निर्माण गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्ने अाँट वर्तमान सरकारले गर्न सक्ला र ?