शिक्षा र स्वास्थ्य क्षेत्रलाई जनहितमा अघि बढाउनु पर्नेमा माघव नेपालको जोड

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउनुपर्ने बताएका छन् ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नहुनेमा जोड दिए ।

अध्यक्ष नेपालले शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पुर्‍याउन सुझाव दिँदै अधिकारको विषय उठे पनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको उनको धारणा थियो ।