८ हजार घुस खाने सुब्वा अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार घुस लिएको आरोपमा वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति बनाउनका लागि कार्यालय नजिकै फोटो कपी व्यवसाय गर्दै आएका खेमप्रसाद काफले विचौलियामा मार्फत घुस लिएको देखिएकाले पोखरेललाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गा प्रसाद पोखरेलले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई दुख हैरानी दिई घुस/रिसवत दिन वाध्य पारी आर.के.फोटोकपीका संचालक खेम प्रसाद काफ्लेमार्फत ८ हजार घुस वापतको रकम लिएपश्चात मात्र श्रम स्वीकृति दिई आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुसलिएको पुष्टि हुन आएकोले निज नायब सुब्बा दुर्गा प्रसाद पोखरेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) को कसूर अपराध बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।’
अख्तियारले पोखरेललाई सोमबार नै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिसकेको छ ।