किन रोकियो कांग्रेस महाधिवेशनमा पत्रकारलाई छायाँकनका लागि


काठमाडौं । नेपाली कांग्रेसको महाधिवशेन स्थललमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई प्रवेश रोक सँर्गै छायाँकन गर्न समेत रोक लगायो । १४ महाधिवशेनमा कांग्रेस भित्रका गुट भित्रको लफडा क्रमश बाहिरिन थालेपछि पत्रकारलाई मतदान स्थलमा प्रवेश र तस्वीर छायाकनका लागि समेत रोक लगाइयो ।
महामन्त्रीका उम्मेदवार गगन थापा निकट एक सञ्चार माध्यम बाहेक मतदान स्थलमा अन्य सञ्चार माध्यहरु सभागृह भित्र प्रवेश नै गर्न पाएनन् । पत्रकारहरुलाई तस्वीर छायाकनका लागि रोक लगाएसँगै उनीहरुले मतदान स्थलमा नै धर्ना दिएका थिए ।
पत्रकारहरुले समाचार संकलन गर्न नपाएको भन्दै धर्ना दिएपछि नेपाल पत्रकार महासंघले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संचारकर्मीहरुलाई तस्वीर खिच्न र समाचार संकलन गर्न सहज वातावरण निर्माण गरिदिन आग्रह गदै विज्ञप्ति नै प्रकाशित गर्नु परेको थियो ।
प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित भएको नेपाली कांग्रेसको महाधिवेशनमा पत्रकारलाई प्रवेशमा रोक लगाईनु पक्कै राम्रो भने हुँदै होइन । यद्यपी केहीको रोक पछि पत्रकारलाई मतदान स्थलको छायाँकन गर्न भने दिइएको थियो ।

सोमबार समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्र्यवहार गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

महासंघका महासचिब रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार संकलनमा रोक लगाएको उल्लेख गरेका छन् ।