आर्थिक अनियमिततामा मुछिएका पर्यटन बोर्डका कार्यकारी अधिकृत निलम्वित

काठमाडौं । पटक पटक विवादमा मुछिँदै आएका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई सरकारले निलम्वन गरेको छ । आर्थिक अनियमितताको आरोपमा समेत मुछिएका रेग्मीले पदीय हैसियतको दुरुपयोग गर्दै आएको थिए ।

केही साता अघि मात्र रेग्मीलाई त्रिभुवन विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको भन्दै मन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको थियो । रेग्मीलाई मन्त्रालयले स्पष्टिकरण सोधे लगतै उनले मन्त्री प्रेम आलेको विरुद्ध विभिन्न मिडियामा समाचार लेख्न लगाएको आरोप पनि लगाएको छ ।

मन्त्री आले र उनका पिए समेतले लाखौं रुपैयाँ पर्ने मोवाईल र रक्सी भन्सार छलेर ल्याएको समाचार प्रकाशित हुनुमा रेग्मी कै हात रहेको मन्त्री निकत श्रोतले आरोप समेत लगाएको थियो । सोही कारण पनि उनलाई निलम्वन गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

विगतमा कांग्रेस पृष्ठभूमिका भनिएका रेग्मी नेकपा एमालेको सरकारमा पर्यटन मन्त्री योगेश भट्टराई हुँदा बोर्डको कार्यकारी अधिकृतमा नियुक्ति भएका थिए । कोभिडका समयमा समेत पर्यटन प्रवद्र्धनका नाममा रेग्मीले लाखौं रुपैयाँ प्रचार प्रसारमा नाममा खर्च गर्न लगाएर आर्थिक अनियमतिता समेत गरेको आरोप लागेको छ ।