३ हजार घुस लिने वडा सचिव अख्तियारको नियन्त्रणमा


काठमाडौं । पछिल्लो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनिकरण गर्ने अभियानमा जुटेको देखिन्छ । हरेक दिन सरकारी पद धारण गरेर जनतालाई सेवा दिने नाममा घुस लिने कर्मचारी एवं आर्थिक अनियमितता गर्ने कर्मचारीहरुलाई नियन्त्रणमा लिने, मुद्दा दायर गर्ने काममा सक्रिय देखिएको छ ।

यसै सन्दर्भमा विवाद दर्ता गराईदिने नाममा सेवा ग्राहीसँग ३ हजार घुस लिने सिद्धार्थ नगरपालिका वडा नं ४ का वडा सचिव नासु मोहम्मत सिद्धिकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

विवाह दर्ता सहजै गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार घुस खाने नासुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेका आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनु भएको छ ।