राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ ।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।