माओवादी केन्द्रलाई एक्लै हाँक्दै प्रचण्ड, पदाधिकारी जिम्मेवारी विहिन

काठमाडौं । केही समयअघि एमालेसँग समीकरण गरेको तात्कालिन माओवादी केन्द्र एमालेबाट विभाजन पश्चात पुन माओवादी केन्द्र कै रुपमा बस्नु परेको छ । पाटी विभाजन पश्चात माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई तोक्यो । तत् पश्चात माओवादी केन्द्र गत पुसमा बहुपदीय नेतृत्व प्रणालीमा गयो।

तर, दाहालले दुई महिनासम्म पनि १४ पदाधिकारी नियुक्त गर्न आलटाल गरिरहेका छन्। माओवादी केन्द्रको विधान अनुरुप पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष १ जना , उपाध्यक्ष ६जना , महासचिव १ जना , उपमहासचिव २ जना , सचिव ३जना र कोषाध्यक्ष १ जना रहने व्यवस्था छ । तर हालसम्म पनि कुनै पदाधिकारी मनोनय हुन सकेको छैन ।

अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा अरु हावी हुन्छन् की भन्ने डरले सत्ता र शक्ति आफूमात्र निहित राख्नका लागि पदाधिकारी अहिलेसम्म नियुक्ति गर्न सकेका छैनन् । पछिल्लो समय एमसीसी संसदबाट पारित भए पश्चात प्रचण्ड पार्टी भित्रै अल्पमतमा पर्ने संकेत पनि देखिएको छ ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विरोध गरे पश्चात अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेरै श्रेष्ठलाई पार्टी छाडेर गएपनि केही असर नपर्ने धारणा राखेका थिए । जसले गर्दा माओवादी केन्द्र प्रचण्डको हुकुमी शैलीमा सञ्चालन भईरहेको स्पष्ट हुन्छ ।

प्रचण्डको नेतृत्व कहिलेदेखि ?
तात्कालीन अवस्थामा नेकपा मशालको महामन्त्री भई नेतृत्व लिएका प्रचण्डले निरन्तर ३३ वर्ष पार्टी कब्जामा लिएका छन् । दाहाल २०४६ सालमा मशालको महामन्त्री थिए भने अहिले अध्यक्षका रुपमा नेतृत्व लिईरहेका छन् ।