कोरोना सङ्क्रमितको सङ्ख्या शून्य हुँदै

काठमाडौ । विश्वमा फैलिएको कोरोना भाइरसको सक्रमण कम हुदै गएको छ । कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह समेत गरेका छन् । कोरोना संक्रमण कम हुँदा सावधानि अपनाउन छाड्ने गर्नाले फेरी पनि नयाँ भेरियन्ट आउन सक्ने अवस्था रहेको स्वस्थय मन्त्रलयले उल्लेख गरेका छन् ।

सर्लाही जिल्लामा कोरोना सङ्क्रमण मुक्त भएको छ । मधेश प्रदेशको सर्लाही जिल्लामा संस्थागत र होम आइसोलेसनमा एक जना पनि कोरोना संक्रमित नरहेको स्वास्थ्य निर्देशनालयले जनाकारी दिएका छन् । मधेश प्रदेशका पर्सा जिल्ला बाहेक कुनै पनि जिल्लामा कोरोना संक्रमित नभएको स्वास्थ्य निर्देशक विजय कुमार झाले बताएका छन् ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएकै कारण विश्वमा संक्रमण दर कमी आएको दाबी गरेका छन् ।

आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने र कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले स्वास्थ्य दण्ड परिपालनामा निरन्तरता दिनुपर्ने सहायक प्रवक्ता अधिकारीले बताएका छन् ।