देश विकासका लागि एमसिसी स्वीकार गरिएको महामन्त्री शर्माको भनाई

बनियानी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन् ।

कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए ।

“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसिसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।”

काँग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसिसीको पक्षमा उभिएको उनको तर्क छ । “एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो”, उनले भने, “यसमा कुनै दुबिधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ ।”

ताजा अपडेट