प्रतिनिधिसभाको वैठक आज, प्रधानन्यायाधीस विरुद्धको महाभियोगको प्रस्ताव कार्यसूचिमा

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज आइतबार दिउँसो एक बजे बस्ने भएको छ । प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गरिने पनि जनाईएको छ ।
संघीय संसद् सचिवालयले शुक्रबार जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसुची छ ।

बैठक अघि संघीय संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ र बैठकको कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।