सुनको मूल्य फेरी बढयौ, अब कति पुग्ला त

काठमार्डौ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८०० तोकिएको छ । हिजो प्रतितोला रु १ लाख २ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३०० ले तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जानकारी दिएका छन् ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको महासङ्घले जानकारी दिएका छन् ।