प्रधान न्यायाधीशविरुद्ध महाअभियोग , कानुनी कारबाही अघि बढाउन माग

काठमार्डौ । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ । समाजको चौबिर्सौ बैठकले माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते सम्पन्न बैठकमा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी अधिकारकर्मी सहभागी भएका छन् । बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको उहाँले जानकारी दिएका छन् ।

न्यायालय शुिद्धकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न र अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको थियो ।

–––