गर्भवतीको मृत्यु

काठमार्डौ । जार्जकोट जिल्लाको शिवालय गाउँपालिकामा एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिएका छन् ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा बाटामै रावतको मृत्यु भएको बताएका छन् ।