स्थानीय तहको निर्वाचनमा मतदान गर्नेहरुको अन्तिम नामावली आज सार्वजनिक हुँदै

काठमाडौं । आगामी वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गर्दै छ । निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो ।

आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन मिल्दैन ।