मधेसका नागरिकहरु नागरिकताबाट वञ्चित : उपेन्द्र यादव

काठमाडौँ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा हिजो शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेसका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको हुँदा सबै नागरीकहरुले समान रुपमा नागरिकता पाउनुपर्ने भनेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन् ।

जसपाको अनुशासन आयोगका संयोजक नरसिंह चौधरी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष अशोक यादवलगायतले पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह समेत गरेका छन् ।

तराई क्षेत्रमा जनसङ्ख्या धेरै भए पनि कुनै पनि निकायमा तराईबासीहरुले नागरिकको प्रतिनिधित्व कम रहेको अध्यक्ष यादवको भनाइ रहेको छ । यहाँ शिक्षा, आर्थिक र जातीय हिसाबले पछाडि परेका नागरिकलाई सरकारले लगानी गरी माथि उकास्नुपर्ने बताए ।