पेट्रोलियम व्यवसायीले गरेको आन्दोलन फिर्ता

काठमाडौँ । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गरी इन्धन लोडअनलोड समेत बन्द गरेका पेट्रोलियम व्यवसायीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति भएपछी आन्दोलन फिर्ता लिएका छन् । आयल निगमसँगको चार बुँदे सहमती पछि पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् ।

पेट्रोलियम व्यवसायीहरुको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको निगमका प्रवक्ता बिनितमणिले जानकारी दिए । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबार सम्बन्धी माग जेठ १५ मा सक्नेगरी सहमति भएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिइएका छनु । आज भएको समहतिसँगै विरोधका कार्यक्रमहरु आजकै मितिबाट स्थागित गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भएको उपाध्याले बताए ।

यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने हो भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गरेका थिए ।