सुनको मुल्य ओरालो लाग्दै

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोला ६ सयले घटेको छ । आईताबार छापावाल सुन ९९ हजार ३०० मा कारोबार भएको थियो । आज ९८ हजार ७०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १६ सयले घटेर ९८ हजार २ मा कारोबार भइरहेको महासंघले बताएका छन् । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोला १० रुपयाँले घटेर १ हजार ३५० पुगेको महासंघले जानकारी गराएका छन् ।