किसानहरु सुपारी खेतीतर्फ आकर्षण हुदै

काठमाडौँ । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसानहरु आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय अन्य अन्न बाली हुने खेतबारी सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् ।

सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको छ । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्रायः सबै किसानहरुले परिवारनै सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताइएका छन् ।

सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानहरुले अनुभव गरेका छन् । तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका बताउछन् । चुरे क्षेत्रका किसानले वार्षिकरूपमा सुपारी बेचेर ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्ने गरेको किसानहरुले बताएका छन् ।