८५ उद्यमी महिलालाई पछि पार्दै उत्कृष्ट बनीन प्रेमकुमारी

काठमार्डौँ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट ९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा भएकी छन् । नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत टीका व्यावसायिक माहुरीपालन फार्मका सञ्चालक प्रेमकुमारी नगरपालिकाका महिला उद्यमीमध्ये सर्वोत्कृष्ट महिला उद्यमी २०७८ बन्न सफल भएकी छिन् ।

नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व संस्थाको सहकार्यमा दुई वर्षदेखि नगरपालिकामा सञ्चालित नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रममा ८५ महिला उद्यमीलाई पछि पार्दै पुन सर्वोत्कृष्ट महिला उद्यमी घोषणा भएकी हुन् ।

कार्यक्रममा सहभागी ८५ महिला उद्यमीमध्ये ४ चरणको प्रतिस्पर्धामा महिलाको उद्यम योजना तथा लगानी प्रस्तुतीकरणका आधारमा पहिलो चरणमा ४० महिला उद्यमी, दोस्रो चरणमा २० महिला उद्यमी, तेस्रो चरणमा १० उत्कृष्ट उद्यमी हुँदै सर्वोकृष्ट महिला उद्यमी छनोट गरिएको छ ।

लामो समयदेखि मौरीपालन गर्दै आएकी पुनको व्यावसायिक सफलता, उद्यम योजना, लगानी प्रस्तुतीकरण तथा सङ्घर्षका कारण सर्वोकृष्ट हुन सफल भएको बताइन । गलकोट नगरपालिकाको सर्वोकृष्ट महिला उद्यमीमा छनोट भएपछि पुनले आफू जीवनमा पहिलोपटक यति धेरै खुसी भएको भन्दै उनीले आफ्नो व्यवसायलाई थप सफलतामा पु¥याउन हौसला मिलेको बताइन ।

छनोटमा परेका १० उत्कृष्ट उद्यमीमध्येबाट प्रतिस्पर्धाका आधारमा उद्यम योजना तथा लगानी प्रस्तुतका आधारमा पुन सर्वोकृष्ट महिला उद्यमका एपमा छनोट भएकी नगर उपप्रमुख रेणुका काउचाले बताइकी छन् ।

गलकोट नगरपालिका, दायित्व र रिप परियोजनाअन्तर्गतको कार्यक्रमले महिलालाई उद्यम मात्रै नसिकाएर व्यक्तित्व विकास, बजारीकरण, भावी योजना र उद्यमको भविष्यका विषयमा समेत यो २ वर्षमा धेरै सिकायो काउचाले भनीन उनीहरुको घरमै पुगेर उद्यमको अवलोकनसमेत गरियो, कार्यक्रमले उनीको उद्यममा निकै सुधार आएको बताउदै उत्कृष्ट १० महिला उद्यमीबाट सर्वोत्कृष्ट महिला उद्यमी बन्दै पुनले १ लाख प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट १० महिलाले ५० हजारका दरले पुरस्कार समेत प्राप्त गरेका छन् ।

बुधबार भएको प्रतिस्पर्धामा गलकोट नगरपालिकाभित्रका उत्कृष्ट १० महिला उद्यमीले आफ्नो समग्र उद्यम यात्रा, भावि योजना, उद्यम प्रयास र उद्यम योजनाको बारेमा आफ्नो प्रस्तुति राखेका थिए । तिनै प्रस्तुतिका आधार तथा उपप्रमुख ग्रामीण दायित्व परियोजना सुरु भएपछि महिला उद्यमीमा आएको परिवर्तन तथा उद्यमको अवस्थाका आधारमा गठन गरिएको विज्ञ समूहको मूल्याङ्कनका आधारमा सर्वोकृष्ट घोषणा गरिएको दायित्व परियोजना लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताए ।