किन हटाइए राष्ट्र वैकका गर्भनर अधिकारी

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको गठवन्धन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्वाचन आचार संहिता लागू हुनु केही घण्टा अगाडि निलम्बन गरेको छ । उनलाई सरकारले गर्न लागेका कतिपय गोप्य सूचनाहरु चुहाएको आरोप पनि लागेको छ ।

उनले सरकारले विलासी बस्तु आयात रोक्न तथा अन्य नीतिगत निर्णय गर्नु अघि नै सूचना चुहाएको आरोप मन्त्रीपरिषद्मा उठेको थियो । सोही कारण सरकारी गोप्य सूचना चुहाएको गम्भीर आरोप लागेका उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि उनी स्वत ः निलम्वनमा परेका हुन् ।

अधिकारीलाई लागेको आरोप जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति समेत बनेको छ । समितिमा डा सुर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेका छन् भने एक महिनामा समितिले सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।

स्थानीय तहको निर्वाचनको आचार संहिता लागू हुनु केही घण्टा अघि मात्र अधिकारीको निलम्वनका विषयमा सामाजिक सञ्जालहरुमा विभिन्न खालका टिकाटिप्पणी आएका छन् । कसैले अर्थमन्त्रीले ४० करोड निकासा गर्नका लागि सहयोग नगरेकोले निलम्वन गरेको चर्चा पनि गरेका छन् ।

हुन त अधिकारी आफै पनि राष्ट्र बैकको गर्भरन हुँदा नै विवादमा नपरेका भने होइनन् । उनलाई त्यसबेला नै भारतीय शैक्षिक प्रमाण पत्र पेश गरी नियुक्ति गरेको भन्ने विषयमा चर्चा पनि चलेको थियो । जुन लगानी बोर्डमा रहँदाकै विवाद हो ।

तर उनलाई त्यत्तिमात्र कारण नभै विशेष गरी अर्थमन्त्री जनार्दन शर्माले भनेको नमान्दा नै उनको निलम्वन गरिएको चर्चा चलेको छ ।