गाँजा सहित सहित दुईजना पक्राउ

काठमाडौँ । मकवानपुरमा अवैध लागुऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० गुम्बा डेरा गरी बस्ने मनहरी गाउँपालिका २ हाडीखोला घर भएका ६२ वर्षीया कान्छीमाया भोलन र हेटौंडा उपमहानगरपालिका १० टिसियन रोड बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुलाई करिब ३ केजी ५ सय २० ग्राम अवैध लागूऔषध, गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी कार्यलय मकावानपुरले बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।