ललितपुरमा यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । ललितपुरमा बाालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका ७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।

शंखरापुर नगरपालिका ६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भने सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएका छन् ।बालिका माथि यौन दुव्र्यव्हार गर्ने उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।