मकवानपुरमा चट्याङबाट एक वृद्धको मृत्यु

काठमाडौँ । मकवानपुरमा गए राति हावाहुरी हल्लका पानि सँगै आएको चट्याङले  एक वृद्धको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा  राक्सिराङ गाउँपालिका, ८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएको बताएका छन् । गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले बताएका छन् ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका २ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिएका छन् ।