एमालेले आज महानगर तथा उपमहानरको प्रमुखको उम्मेदवार तोक्ने


काठमाडौं । सत्ता गठवन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि भागबण्डमा मयेर तथा उपमेयर कुन दलले पाउने भन्ने निष्कर्ष निकालिसकेका छन् । गठवन्धनको सो निष्कर्षसँगै सवैको आँखा परेको चितवनमा प्रचण्ड पुत्री रेनुका दाहाललाई मेयर र काठमाडौंको मेयरमा कांग्रेसलाई (सम्भवत प्रकाशमानकी श्रीमती सिर्जना) दिने करीव पक्का भएको छ ।

बुधबार गठवन्धनको छलफल पश्चात ६ वटै महानगरपालिकाको भागबण्डा नेतृत्व पंक्तिमा मिलिसकेको भएपनि कार्यकर्ताहरु वीचमा भने निकै असन्तुष्टि देखिन्छ ।

गठवन्धनमा असन्तुष्ठ चुलिरहेका बेला नेकपा एमालेले भने आन्तरिक सहमति र निर्वाचित हुने व्यक्तिलाई मेयर उपमेयर उठाउने गरी आज बेलुकासम्म नामावाली अन्तिम गर्ने तयारीमा जुटेको छ ।

नेकपा एमालेका अनुसार आज १ बजे मेयर तथा उपमेयरको उम्मेदवार तय गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीको निवासमा वैठक बस्दै छ । सो वैठकले काठमाडौं लगायत ६ महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार समेत तोक्ने बताइएको छ ।