मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती गरेको आरोपमा पक्राउ

काठमाडौँ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्देश छिनाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका ३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका ४ सुर्केमेला घर भएका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् ।

घटनाबारे छिनाल माथी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।