भन्सार छलेर ल्याएको २४ बोरा चिनी बरामद

काठमाडौँ । नेपालगञ्जमा भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी प्रहरीले बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिइएका छन् ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको जानकारी छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको प्रहरीले बताए ।