गोकर्णेश्वर नगरपालिकामा मेयरका दावेदार ज्योतिले ३३ वर्षपछि त्यागे कांग्रेस पाटी


काठमाडौं । २०४६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भई सो क्षेत्रमा निकै नै क्रियाशील स्थानीय तहको निर्वाचनका लागि मेयरका दावेदार रहेका नेपाली कांग्रेसका पूर्व नगरसभापति श्रीकृष्ण ज्योतिले नेपाली काग्रेस परित्याग गरेका छन् ।

आफ्ना स्वर्गिय पिता जीत नारायण ज्योतिले ७ बर्षे जेल जीवन,सर्वस्व हरण,मृत्युदण्डको फैसला सहित जोडिएको २०४६ फाल्गुन ७ गते बाट प्रारम्भ भएको संघर्ष पुर्ण कांग्रेससंग जोडिएको मेरो जिवन यात्राबाट विश्राम लिने निर्णय गर्दैछु। नेपालमा प्रजातन्त्र ल्याउनका लागि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका शीर्षस्थ नेताहरुसँग भूमिगत भएसँगै निकै कष्ट व्यहोरेर कांग्रेसको आन्दोलनमा होमिएका ज्योतिले वीपीको समाजवादी चिन्तनमा विचलन नभई विताएको ३३ वर्षसम्म पनि न्याय नपाएपछि स्थानीय तहको निर्वाचनको मुखैमा पार्टी छाडेका छन् ।

ज्योतिले आफ्नो फेसवुकमा पेजमा न्याय नपाएकोले पार्टीको दास वन्नु भन्दा स्वतन्त्र ढंगले सामाजिक रुपान्तरणका लागि क्रियाशील रहने बताएका छन् । वीपीका अनुयायी रहेको ज्योतीले विपीका सिद्धान्त अनुरुप ‘पार्टी नेतृत्वले गलत गर्दा टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन् वा कि त दास हुन्न’ भन्ने उक्तिलाई मनन् गर्दै ३० वर्षसम्म कांग्रेसको दास भएको महसुस गर्दै पाटी त्याग गरेको घोषणा गरेका छन् ।

गोकर्णेश्वर कांग्रेसमा देखिएको भ्रष्टाचार, अनैतिक व्यक्तिहरुको विरुद्ध एकजुट भएर लड्न नगरबासीहरुलाई अपिल गर्दै उनले पार्टीै त्याग गरेका हुन् ।