कलाकार मदनदास काठमाडौको मेयरमा राप्रपाको तर्फबाट उम्मेदवार

काठमाडौं । रेडियो नाटकमा हस्तिका रुपमा चिनिएका कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । दोलखामा जन्मेका कलाकार मदनदास श्रेष्ठ बसाई सराई पछि लामो समयदेखि काठमाडौंको घट्टेकुलोमा बसोबास गर्दै आईरहेका चर्चित व्यक्ति हुन् ।

लाखौ श्रोताको मनमा रहेको मदनदास श्रेष्ठ रेडियोमा मात्र होइन पछिल्लो समय विभिन्न विज्ञापन र टेलिफिल्म र फिल्मा पनि अभिनय गरिरहेका छन् । विगतमा कांग्रेस निकट मानिएका श्रेष्ठ कांग्रेसकै कोटाबाट संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा समेत नियुक्ति लिएका थिए । उनै लामो समयसम्म कांग्रेसी बनेका कलाकार श्रेष्ठ यतिखेर भने राप्रपाका तर्फबाट काठमाडौं महानगरको मेयरको उम्मेदार बन्ने भएका छन् ।


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको प्रतिष्पर्धामा उत्रिएका श्रेष्ठले अभियनमा जति शुभेच्छुक कमाएका छन् त्यो राजनीतिमा भने पक्कै कमाउन सक्न अवस्था देखिँदैन । तथापी राप्रपाबाट कलाकार श्रेष्ठलाई उम्मेदवार बनाउनका लागि फिल्म निर्माता उद्धव पौडेलेको हात रहेको बुझिएको छ ।