काठमाडौं महानगरपालिकाको उपमेयरमा समाजवादीबाट शुद्ध डंगोलको सम्भावना बढ्यो

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धन दलहरुवीच भएको सहमति अनुरुप काठमाडौं महानगरपालिका कांग्रेसलाई र उपमेयर समाजवादीलाई हुने भएको छ । सो अनुरुप कांग्रेसबाट मेयरमा पाँच जनाको नाम सिफारिस भएको भएपनि प्रकाशमान पत्नी सिर्जना सिंहको नाम एक नम्वरमा नै रहेको छ । सिंजना सिंहको नाम १ नम्वरमा रहनु भनेको अवको मेयरको उम्मेदवार सिर्जना सिंह नै हुने करीव करीव पक्का जस्तै भएको छ ।

त्यस्तै उपमेयरका लागि नेपका एकीकृत समाजवादीको भागमा परेकाले समाजवादीका तर्फबाट शुरुका दिनमा ईश्वर डंगोलको नाम चर्चामा आएको थियो । पछि उपमेयरका लागि इच्छुक धेरै भएपछि पार्टीको जिल्लाले पाँच जनाको नाम सिफारिस गरेको बताइएको छ । जसमध्येमा चर्चामा शुद्ध डंगोलको नाम पनि रहेको छ ।

एमालेको विभाजन पश्चात काठमाडौं महानगरपालिकाको निर्वाचित वडा अध्यक्षहरु मध्ये खुलेरै समाजवादीमा लागेका दुवै डंगोलहरु मध्ये एकले उपमेयर पाउने करीव निश्चित भए पनि त्यसबेला ईश्वरमान डंगोलको नाम चर्चामा ल्याईएको भएपनि पछिल्लो विकसित राजनीतिक घटनाक्रम पछि भने समाजवादीले वडा न.७ का अध्यक्ष समेत रहेका शुद्ध कुमार डंगोललाई उपमेयर पदमा उठाउने तयारी गरिएको बुझिएको छ ।

एकीकृत समाजवादी पार्टी श्रोतका अनुसार ईश्वर डंगोलको वडामा राम्रो प्रभाव भएकाले वडा नै निर्वाचित गराउनका लागि पुन ः वडा अध्यक्षमा नै उठाउने सहमत भएको छ । भने शुद्ध डंगोल पनि वडा भित्रमात्र नभई नेवार समुदाय भित्रै अत्यन्तै राम्रा व्यक्तिका रुपमा चिनिएकाले र पार्टीको महत्वपूर्ण योगदान गरेको, स्पष्ट वक्ताका रुपमा रहेकाले उपमेयरका लागि अगाडि सारिएको बताएको छ ।

नेकपा एमाले विभाजन हुँदा त्यहाँ भित्रै रहेका थुप्रै असन्तुष्ठिहरुलाई बाहिर ल्याएकै कारण तात्कालिन एमालेबाट अत्यन्तै प्रताडित बन्न पुगेका थिए । एकीकृत समाजवादीमा खरो वडा अध्यक्षका रुपमा रहेकाले पनि उनलाई उपमेयर उठाउँदा जीत निश्चित भएको समाजवादी निकट नेताको भनाई रहेको छ ।